इटहरी/ दशैंलाई लक्षित गर्दै यही असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मले हास्यरससँगै समसामयिक राजनीतिक परिस्थितिलाई पनि समेट्ने संकेत ट्रेलरमार्फत दिएको छ ।
फिल्ममा हरिवंश आचार्य पुनः चर्चित पात्र हरिबहादुर का रूपमा प्रस्तुत भएका छन् । टेलिभिजन पर्दामा लोकप्रिय बनेको यो पात्रको जीवनका उतारचढाव, युवापुस्ताले चाहेको राजनीतिक परिवर्तन र त्यसले ल्याउने चुनौतीलाई कथा घुमाइएको छ । हेर्नुस् ट्रेलर ।
फिल्मको कलाकारहरूमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायत छन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् ।
फिल्मको छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का र संगीतमा वसन्त सापकोटा, दिपक शर्मा तथा प्रकाश सपुत छन् । गीतको स्वरमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको आवाज सुन्न सकिन्छ ।
@parikalanewsofficial














Discussion about this post