इटहरी/ संविधान दिवसको अवसरमा बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यो फिल्मले आमा र मातृभूमिको लागि एक छोराले गरेको संघर्षलाई केन्द्रमा राखेको छ । तीन मिनेटभन्दा लामो ट्रेलरमा एक्सन, संवाद र भावनात्मक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
मुख्य भूमिकामा समीर भट्ट देखिएका छन् भने अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकी फरक अवतारमा प्रस्तुत छन् । अभिनेत्री ऋचा शर्माले समीरकी आमाको भूमिकामा भावुक अभिनय प्रस्तुत गरेकी छिन् । ट्रेलरमा समीर र सौगातबीचको द्वन्द्व दृश्य, शक्तिशाली संवाद तथा भव्य प्रोडक्सन भ्यालुले दर्शकलाई आकर्षित गरेको छ । हेर्नुस् ट्रेलर ।
आसुसेन फिल्म्सको ब्यानरमा बनेको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल र प्रजल दुलालको समेत अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यो फिल्म आगामी असोज १३ गते दशैंको फूलपातीमा देशव्यापी रूपमा रिलिज हुँदैछ । फिल्म व्यापारिक रूपमा बलियो हुने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post