इटहरी/ नेपाली फिल्म ‘माइतीघर’ निर्माण युनिटले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहमार्फत सार्वजनिक गरिएको ट्रेलरले त्रिकोणात्मक प्रेम, पारिवारिक द्वन्द्व र सामाजिक अवरोधलाई मुख्य केन्द्रमा राख्दै भावनात्मक र मनोरञ्जनात्मक दुवै पाटो देखाएको छ ।
मिलन तामाङ निर्देशित यस फिल्मलाई रविन शेरचन र धिरज तामाङले निर्माण गरेका हुन् ।
सार्वजनिक ट्रेलरमा विशेषगरी धीरज मगर र प्रकाश सपुतले उपासना सिंह ठकुरीलाई पाउन गरेको संघर्ष देखिन्छ । माग्नेबुढालाई भने २ बीचको मिलनको केन्द्रमा राखिएको छ, तर उनी सफल नभएको ट्रेलरले बुझाउँछ । यो फिल्मको कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन् । हेर्नुस् ट्रेलर ।
आगामी असोज १३ गते, दशैंको फूलपातीबाट प्रदर्शनमा आउने ‘माइतीघर’मा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायत कलाकारहरूको अभिनय रहेको छ ।
यो माईतीघर फिल्मको छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । यसमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र स्व. जयदेवको संगीत समावेश गरिएको छ । निर्माण पक्षका अनुसार यो फिल्मले तामाङ समुदायको संस्कृति, जीवनशैली र कथालाई विशेष रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
@parikalanewsofficial














Discussion about this post