इटहरी/ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ अब नेपालसँगै अमेरिकाका ८० वटा हलमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । नेपालमा विजया दशमीको फूलपातीको शुभ अवसर पारेर असोज १३ गतेदेखि रिलिज हुन लागेको यो फिल्मलाई अमेरिकामा पहिलो पटक आहाना पौडेलले वितरण गर्न लागेका हुन् । अमेरिकामा रहेका नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा आहानाले आफ्नो वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसी मार्फत यो फिल्मलाई त्यहाँका दर्शकमाझ पुर्याउन लागेका हुन् ।
यो उनका लागि फिल्म वितरणको क्षेत्रमा पहिलो पाइला हो ।
अमेरिकाको टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका मुख्य सहर र राज्यमा यो फिल्म प्रदर्शन हुनेछ ।
सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज जस्ता ठूला चेन फिल्म हलमा ‘हरिबहादुरको जुत्ता’को प्रदर्शनको तयारी भइरहेको आहानाले बताएका छन् । दिपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव जस्ता लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यले यसलाई निर्माण गरेका हुन् ।
@parikalanewsofficial














Discussion about this post