इटहरी/ ओस्कर प्रतिस्पर्धामा नेपाली फिल्मले फेरि एउटा महत्वपूर्ण उपलब्धि पाएको छ । सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ आधिकारिक रूपमा सिफारिस भएको छ ।
बिहीबार द अस्कर अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको हो । समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करका लागि दुई नेपाली कथानक फिल्म-‘गुन्यु चोलो : द ड्रेस’ र ‘अञ्जिला’ समितिमा प्राप्त भएका थिए ।

विस्तृत मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथावस्तु, चरित्रको भावनात्मक अभिव्यक्ति र कलात्मक शिल्पलाई आधार बनाउँदै अन्ततः ‘अञ्जिला’लाई छनोट गरिएको हो । यससँगै ‘अञ्जिला’ अब ९८औं ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ ।
@parikalanewsofficial














Discussion about this post