इटहरी/ तिहार नजिकिँदै गर्दा नेपाली फिल्म बजारमा अर्को ठूलो प्रतिस्पर्धा देखिने भएको छ । बाँसुरी फिल्म्सले निर्माण गरेको प्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी कात्तिक ६ गते अर्थात तिहारको भाइटीका बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । निर्माता टिमले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
यो संगै अब दशैँको फूलपातीमा जस्तै तिहारको भाइटीकामा पनि नेपाली फिल्महरूको महा-भिडन्त हुने देखिएको छ । यसअघी नै यो मितिमा वरिष्ठ बलराम र सोल्टिनी ले प्रदर्शन मिति तय गरिसकेको थियो भने त्यसको भोलिपल्ट अर्थात् कार्तिक ७ गतेदेखि मैझारो फिल्मले प्रदर्शन मिति तय गरिसकेको छ ।
असोज ३ गते प्रदर्शन तय भएको यो जारी २ फिल्मको जेनजी आन्दोलनका कारण प्रदर्शन स्थगित गरिएको थियो । उपेन्द्र सुब्बा निर्देशित यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

यो फिल्म दुई वर्षअघि आएको सुपरहिट ‘जारी’ को दोस्रो श्रृंखला हो, जसले घरेलु बक्सअफिसमा १७ करोडभन्दा बढी कमाइ गरेको थियो । त्यसैले सिक्वेलप्रति पनि दर्शकको उच्च अपेक्षा रहेको छ । यता, ‘जारी २’ को रिलिजअघि नै बाँसुरी फिल्म्सले मुस्ताङमा अर्को ब्लकबस्टर फ्रेन्चाइज ‘कबड्डी’ को पाँचौँ भाग छायांकन गर्ने तयारी समेत गरेको छ ।
@parikalanewsofficial














Discussion about this post