इटहरी/ नेपाली फिल्म उद्योगमा निर्माणको चरणमा रहेको फिल्म ‘पार्वती’का लागि निता फिल्म्सले खुला अडिसनको घोषणा गरेको छ । निर्देशक निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मका लागि नयाँ र प्रतिभाशाली कलाकारलाई अवसर दिन निर्माण युनिटले अडिसन मार्फत छनौट गर्न लागेको हो ।
निर्माण पक्षले जनाएको अनुसार, अडिसनमा २० देखि ४० वर्ष उमेर समूहका पुरुष र महिला कलाकारहरू सहभागी हुन सक्नेछन् । यसको अडिसन आगामी असोज ५ र ६ गते ललितपुरमा हुने निर्माण युनिटले जनाएको छ । इच्छुक कलाकारहरूले तोकिएको मितिमा उपस्थित भएर प्रत्यक्ष अडिसन दिनुपर्नेछ ।

अडीसनबारे विस्तृत जानकारीका लागि कलाकारहरूले ९८१०२१२९८१ र ९८०५८८००८३ मा सम्पर्क गर्न सक्नेछन् । साथै, इच्छुकहरूले आफ्नो विवरण neetafilmsproductions@gmail.com मा पनि पठाउन सक्ने निर्माण पक्षले जनाएको छ । यो फिल्मबाट अभिनेत्री ढुङ्गानाले निर्देशकको रुपमा डेब्यु गर्ने तयारीमा छिन् । यो फिल्मका लागि निता नै प्रमुख भूमिकामा छिन्
भने मुख्य अभिनेत्रीको रुपमा दीपा श्री निरौला पनि अनुबन्ध भइसकेकी छन् । सहायक निर्देशकको रुपमा सरोज अधिकारी अनुबन्ध भएका छन् ।
@parikalanewsofficial
यो फिल्म माघ १ गतेदेखि प्रदर्शन गर्न प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । फिल्ममा लगानी सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले गरेका छन् । हाल फिल्मका अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।














Discussion about this post