इटहरी/ नेपाली फिल्म प्रेमीहरुका लागि बहुप्रतिक्षित मानिएको फिल्म ‘बलिदान’ टिमले आफ्नो टाइटल गीत सार्वजनिक गरेको छ । ‘यो ज्यान बलिदान’ शीर्षकमा सार्वजनीक गरिएको यो गीतले आमा र मातृभूमिप्रतिको छोराको गहिरो प्रेम र बलिदानी भावना उजागर गर्छ ।
सुजन चापागाईँले स्वर तथा सङ्गीत भरेको यस गीतलाई हर्क साउदले शब्द दिएका हुन् । गीतमा आवश्यक परे प्राणसम्म अर्पण गर्ने प्रतिबद्धता झल्किन्छ भने सङ्गीत संयोजन, ब्याक-भोकल, मिक्सिङ तथा मास्टरिङ कोविद बज्रले गरेका छन् । विवेक झा र कृति नेपालीको स्वर समेत रहेको छ ।
गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले भने, “देशको वास्तविक पीडा र घाउलाई देखाउन कलाले जिम्मेवारी लिनुपर्छ भन्ने भावनाले ‘बलिदान’ जन्मियो । यो फिल्म केवल पर्दाको कथा होइन, यथार्थकै प्रतिध्वनि हो ।” हेर्नुस् भिडियो ।
‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता रायलगायत कलाकारको अभिनय छ । पहिले नै पोस्टर, प्रि-टिजर र टिजरले चर्चा कमाइसकेको ‘बलिदान’ बडादसैँको फूलपाती अर्थात् यही आउँदो असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
@parikalanewsofficial














Discussion about this post