इटहरी/ लोकप्रिय अभिनेत्री निता ढुङानाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेकी छन् । उनले उमेरसँगै जीवनमा धेरै अनुभव भोगिसकेकी तर अझै धेरै यात्रा बाँकी रहेको उल्लेख गर्दै देशप्रतिको गहिरो चिन्ता व्यक्त गरेकी छन् ।
ढुङानाले लेखेकी छन्, ‘जीवनका उतार-चढाव म सहन्छु तर अब देशका उतार-चढाव सहन गाह्रो हुन्छ।’ आफ्नो साथमा नभएकी आफ्नी आमालाई पनि सम्झिईन् । आफ्नी आमाले भनेको, जीवनमा कहिल्यै नबिर्सिनु पर्ने ३ कुरा जन्मभूमि, आमाको कोख र आफ्नो धरातलको स्मरण गराउँदै उनले ती मूल्यलाई सदैव सम्झिरहने प्रतिबद्धता जनाइन् ।
स्टाटसमा ढुङाना लेख्छिन्, ‘आमाको कोख सम्झेर दिनरात रुने गर्छु, आमा हुनुहुन्न । तर जन्मभूमि भने मेरो साथमै छ ।’ जन्मदिनको अवसरमा उनले पशुपतिनाथसँग एउटै मात्र कुरा मागेको बताइन्, देश सुरक्षित रहोस् र सबै नेपालीलाई सद्बुद्धि एवं आशीर्वाद प्राप्त होस्, अरु केही चाहिँदैन भनेर लेखेकी छन् ।
@parikalanewsofficial














Discussion about this post