Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जेनजी आन्दोलनलाई समर्थन गरेको भन्दै अभिनेता दीपक राज गिरीलाई धम्की

✍ सुवास संकल्प
भदौ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनलाई समर्थन गरेको भन्दै अभिनेता दीपक राज गिरीलाई धम्की

इटहरी/ अभिनेता तथा निर्माता दीपक राज गिरीले आफूलाई धम्की आउने क्रम बढेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एक स्ट्याटसमा विभिन्न व्यक्तिहरूले फोन र इनबक्समार्फत धम्की दिइरहेको खुलाएका छन् । उनका अनुसार धम्की दिनेहरूले “कलाकार भएर जेनजीको आन्दोलनलाई समर्थन गर्ने ? एक–एक हिसाब राखिन्छ” जस्ता चेतावनी दिएका छन् । गिरीले केही फोन कलहरूको रेकर्डसमेत सुरक्षित राखेको उल्लेख गरेका छन् ।

स्ट्याटसमा उनले आन्दोलनप्रति आफ्नो समर्थनबारे पनि स्पष्ट पारेका छन् । उनका अनुसार आन्दोलनको पहिलो दिन अन्य कलाकारलगायत आफूले भ्रष्टाचारविरुद्धको अभियानलाई शान्तिपूर्ण रहोस् भन्ने शुभकामना मात्र दिएका थिए । तर दोस्रो दिन स्कुल–कलेजका विद्यार्थीहरू गोली लागेर ढलेको दृश्य देखेपछि चुप बस्न नसकेको उनले बताए । त्यसपछि उनले प्रधानमन्त्रीलाई हिंसा रोक्नका लागि राजीनामा दिन आग्रह गरेको र धेरै कलाकारहरू सडकमा उत्रिएको स्मरण गरे ।

गिरीले स्टाटसमा भनेका छन्, “आन्दोलनको क्रममा धेरै अभिभावक आफ्ना बच्चा गुमाएको पीडामा सडकमा थिए । राजीनामा ढिलो भए जसका कारण हिंसा थप भड्कियो । त्यसको फाइदा विभिन्न स्वार्थी समूहहरूले लिए ।” उनले सामाजिक सञ्जालमार्फत कलाकार र केही राजनीतिकर्मीहरूले लगातार शान्ति कायम राख्न अनुरोध गरेको तर पनि आन्दोलनले अर्को मोड लिएको बताए । उनका अनुसार आन्दोलन सफल भएपनि त्यसले ल्याएको विनाश र पीडाले कसैलाई खुशी बनाउन सकेन ।

@parikalanewsofficial

आफूलाई आएको धम्कीबारे प्रस्ट पार्दै उनले भनेका छन्, “केही सरकारी पक्षधरले बदला लिने कुरा गर्दै स्ट्याटस राखेका छन् । मलाई आएको फोन र म्यासेजहरू पनि त्यसकै भाग हो ।” २०४६ सालको आन्दोलनदेखि ६२/६३ सम्म आफू जनताको पक्षमा उभिएको स्मरण गर्दै गिरीले हालको आन्दोलनमा पनि कुनै स्वार्थ वा लोभले होइन, नयाँ पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारविरोधी मुद्दाको समर्थनका कारण साथ दिएको स्पष्ट पारे ।

उनले थपे, “यदि यो अपराध हो भने म पनि अपराधी ठहरिन्छु । धम्की दिनेहरूले भनेझैँ भए, म पनि निर्दोष भएर पीडितहरूको सूचीमा थपिनेछु भन्ने चित्त बुझाएको छु ।” अन्त्यमा उनले सबै पक्षलाई गल्ती स्वीकार गर्दै क्रान्ति, प्रतिक्रमण र बदलाको राजनीति त्यागेर देश पुनर्निर्माणतर्फ लाग्न आह्वान गरेका छन् ।

अगाडिकाे पाेस्ट

आजदेखि रिलिज हुने ‘अभिमन्यु’पछि ‘जारी २’ पनि रोकियो, के होला असोज १३ का ३ फिल्म ?

अर्काे पाेस्ट

देशबाहिर रहेर पनि जेनजी आन्दोलनप्रति उपासना सिंह ठकुरीको भावुक अभिव्यक्ति

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana