इटहरी/ लोकप्रिय गायिका एलिना चौहान यतिबेला सांगीतिक प्रस्तुतिका लागि अमेरिकामा छिन् । यता नेपालमा सुरु भएको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले नेपाल सरकारले प्रतिबन्ध गरेको फेसबुक मार्फत एक दमदार स्ट्याटस लेखेकी छ छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनिन् – “म अहिले अमेरिका भए पनि, मेरो स्वर, मुटु र आत्मा स्वदेशकै सडकमा गुन्जिरहेको छ।”
चौहानका अनुसार सेप्टेम्बर ८ मा सुरु भएको आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सीमित छैन । उनले यसलाई स्वतन्त्रता, भविष्य र इमानदारीतामाथि भएको प्रहारविरुद्धको ऐतिहासिक विद्रोहका रूपमा चित्रण गरेकी छन् । गायिका चौहानले अब मौन बस्ने समय सकिएको बताउँदै अन्याय र निरङ्कुशताको घेराबाट देशलाई मुक्त गर्ने क्षण सुरु भएको टिप्पणी गरिन् ।
उनका अनुसार अब युवापुस्ताले नै परिवर्तनको बाटो देखाउने बेला आएको छ । चौहानले आफू चाँडै नेपाल फर्कने र आफ्नै पुस्तासँगै भ्रष्ट, लाचार र मुखौटा लगाएका नेताहरूमाथि जनताको स्वरमार्फत चोट पुर्याउने संकेत दिएकी छन् । उनले इमानदारीताको खडेरीले देशलाई कमजोर बनाएको आरोप लगाउँदै नयाँ पुस्ताले अब भ्रष्ट नेताहरूमाथि सबक सिकाउने स्पष्ट सन्देश दिएकी छन् ।
@parikalanewsofficial














Discussion about this post