इटहरी/ फिल्म निर्माण कम्पनी अस्त्र फिल्मसको व्यानरमा फिल्म ‘जुबा’ निर्माण हुने भएको छ । ललितपुरमा आज विशेष कार्यक्रम आयोजना गर्दै नयाँ नेपाली फिल्म ‘जुबा’को निर्माण घोषणा गरिएको हो । यस फिल्ममा अभिनेता सौगात मल्ल र नयाँ अनुहार सोफी धरेल मुख्य भूमिकामा प्रस्तुत हुने भएका छन् । उनीहरूसँगै कलाकारका रूपमा सुधन पोखरेल पनि देखिनेछन् ।
यस फिल्मको कथा र निर्देशन प्रकाश कर्णले सम्हाल्नेछन् भने स्क्रिनप्ले तथा सह-लेखन वर्षा पौडेलले गरेकी छन् । कर्ण र पौडेल दुवै क्रिएटिभ प्रोड्युसरका रूपमा समेत रहनेछन् । ‘जुबा’सँगै रक क्यास्टर स्टुडियोले तीन आकर्षक क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । एक पोस्टरमा सौगात मल्ल क्यामेरालाई नमस्ते गर्दै देखिन्छन्, जसले उनलाई अभिनेताको भूमिकामा रहेको संकेत गर्छ ।
अर्को पोस्टरमा सौगात र सोफी पि.सि.ओ.मा देखिएका छन्, जहाँ ल्यान्डलाइन फोन र तिनको गेटअपले कथा दुई दशकअघिको परिवेशमा आधारित रहेको झल्को दिन्छ । यस्तै तेस्रो पोस्टरमा भने सुधन पोखरेल खलनायकका रूपमा प्रस्तुत भएका छन् । चुरोट तानिरहेको उनको लुक्सले उनी खतरनाक भिलेन भएको स्पष्ट पारेको छ । तर, फिल्मको मूल कथा, अन्य कलाकार र प्राविधिक बारे भने हाललाई गोप्य राखिएको निर्माण टिमले जनाएको छ ।



@parikalanewsofficial














Discussion about this post