इटहरी/ लभस्टोरी फिल्म निर्देशकको रुपमा परिचित भएका निर्देशक दिनेश राउतले प्रेम–कथा केन्द्रित नयाँ फिल्म ‘कुमारी’ को छायाङ्कन सुरु गरेका छन् । मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्तसहित औपचारिक सुरुवात गरिएको यो फिल्मको छायाङ्कन पाटन क्षेत्रबाट प्रारम्भ भएको हो । निर्माण टिमले ३५ दिनभित्र सम्पूर्ण छायाङ्कन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहेका यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारलगायत कलाकारले पनि अभिनय गर्नेछन् । बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । अबिशेक र आकृतीले अनस्क्रिन प्रेमजोडी को रुपमा यही फिल्मबाट डेब्यु गर्दैछन् ।

यसअघि ‘कुमारी’ घोषणा कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड केहर एन्ड द लुङ्गा को लाइभ प्रस्तुति चर्चामा आएको थियो । त्यही कार्यक्रममा सार्वजनिक गरिएको ‘कता छौ’ बोलको गीतले श्रोतामाझ लोकप्रियता कमाउन थालेको छ । लिम्बुले यो फिल्ममार्फत पार्श्वगायनमा पनि डेब्यू गरेका हुन् । फिल्ममा उनका साथै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् ।
@parikalanewsofficial
सफल प्रेमकथामूलक फिल्म आइ एम सरी, नोभेम्बर रेन र क्लासिक निर्देशन गरेका राउत पछिल्ला वर्ष सामाजिक विषयमा आधारित पर्व, महाभोज, प्रसाद, प्रकाश र पुजार सार्की जस्ता फिल्ममार्फत चर्चामा आएका थिए । अब भने उनले फेरि प्रेमकथाको धारमा फर्किएको संकेत ‘कुमारी’ बाट दिएका छन् । फिल्ममा छायाङ्कन सुसन प्रजापतिको रहनेछ भने कार्यकारी निर्माता केदार भुसाल हुन् । प्रोडक्सन डिजाइन आशिका शर्माले सम्हाल्नेछन् । मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, अन–स्क्रिन कवितामा रिया अधिकारी, पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र कोरियोग्राफी किरण थापाले गर्नेछन् ।














Discussion about this post