ईटहरी/ यही भाद्र २७ गते देखि रिलिजको तयारीमा रहेको प्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल गीत सार्वजनिक गरिएको छ । र्यापर भियोमाको शब्द, संगीत र स्वरमा तयार भएको यस गीतले जीवनका रहस्य, पैसाको मोह, सम्बन्धमा आउने दरार र षड्यन्त्रको जालोमा फसेको पात्रको संघर्षलाई प्रस्तुत गरेको छ ।
गीतमार्फत पैसामा साटिएको माया, पैसाकै कारण टुटेका सम्बन्ध र त्यसले निम्त्याएको तनावपूर्ण जीवनलाई प्रतिविम्बित गरिएको छ । सार्वजनीक भिडियोमा र्यापर भियोमा आफैं फिचर्ड छन् भने फिल्मका झलकसहित कथाको मूड उजागर गरिएको छ । निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको लोभले जीवनलाई चक्रव्यूहमा फसाउने र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथा हो । हेर्नुस् भिडियो ।
यही कथा टाइटल गीतमा समेत प्रतिबिम्बित छ । यस फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने कथा मुकेश खनालले लेखेका हुन् ।
फिल्मको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । फिल्ममा शरद महतो डीओपी, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली कलर ग्रेडिङ, र मदन घिमिरे सम्पादनमा रहेका छन् । ‘अभिमन्यु’को हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड प्रदर्शन गरिनेछ ।
@parikalanewsofficial














Discussion about this post