Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा ‘अभिमन्यु’को पत्रकार भेटघाट, ‘नचलेका कलाकार’ भन्ने प्रश्नमा बोले कामेश्वर

✍ सुवास संकल्प
भदौ १७, २०८२ मा प्रकाशित
इटहरीमा ‘अभिमन्यु’को पत्रकार भेटघाट, ‘नचलेका कलाकार’ भन्ने प्रश्नमा बोले कामेश्वर

इटहरी/ यही भाद्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ ले प्रचारप्रसार लाई तिब्रता दिएको छ । यहिक्रमामा फिल्म युनिट मोफसल प्रचारमा निस्किएको छ । टिमले मोफसल प्रचार कोशी प्रदेशको इटहरीबाट सुरु गरेको छ । सोमबार इटहरी अवस्थित ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । उक्त पत्रकार सम्मेलनमा फिल्मको तर्फबाट प्रमुख अभिनेताद्धय कामेश्वर चौरसिया र किरण श्रेष्ठ सँगै मिडीया कोअर्डिनेटर पवन भट्टराई सहभागी थिए ।

साँझ ५ बजे देखि आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेशका प्रमुख शहरहरु इटहरीसँगै धरान, बिराटनगर, दमक र विर्तामोडका पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता चौरसियाले बितेका दिनदेखि दर्शकको मायाले गर्दा अहिले प्रमुख भूमिकामासम्म देखिन पाएकोले अब अझै दर्शकको साथ र माया आफूलाई चाहिएको बताए । मधेसको कथामा बनेको अभिमन्यु सस्पेन्स क्राइम थ्रीलर फिल्म भएकोले दर्शकलाई भरपूर बाध्न सक्ने उनको भनाइ छ ।

उनले ट्रेलर रिलिज कार्यक्रममा “नचलेका कलाकार” भन्ने प्रश्न विवादमा पनि बोले । आफूलाई सो प्रश्नले कति पनि विचलित नभएको बताउँदै वहाको जती विवेकले भ्यायो त्यही अनुसारले सोधेको हो भने । उनले चल्ने नचल्ने कुराको कुनै पनि मापदण्ड नरहेकाले आज चल्ने कलाकार भोलि नचल्न पनि सक्छ, अनि त्यो बेला चाहिँ के भन्ने ? भन्दै प्रति प्रश्न गरे । त्यसैले त्यो सुजबुझ बिना सोधिएको प्रश्नको घोर भर्त्सना निर्माण कम्पनीले गरेको बताए ।

यता फिल्मका अर्का अभिनेता किरण श्रेष्ठले ट्रेलर मा कति देखाईएको छ अहिले लाई त्यति नै पर्याप्त भएको बताए । त्यस बाहेक केही बोल्दा फिल्मको सस्पेन्स खुल्ने सम्भावना रहन्छ, त्यसैले फिल्मको मज्जा र चक्रव्यूहमा फस्ने दिन भाद्र २७ गते रहेका कारण सबैलाई अभिमन्यु फिल्म हेर्न आग्रह गरे । पत्रकार र आगन्तुक अतिथिसँगको अन्तरक्रिया कार्यक्रम इटहरी पश्चात देशका अन्य प्रमुख शहरहरुमा भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज र हेटौडा, १९ गते चितवन हुँदै काठमाण्डौं पुग्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन् । पैसाको प्रलोभन, अपहरण र संघर्षलाई कथाको मूल आधार बनाइएको यसमा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई प्रस्तुत गरिएको छ । हालै सार्वजनिक ट्रेलरमार्फत घरबारबिहीन युवाले पैसाको लागि गरेका अवैध गतिविधि, समाजमा पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्ने संघर्षलाई देखाइएको छ ।

@parikalanewsofficial

कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको ‘अभिमन्यु’ अपराध र पैसाको चक्रव्यूहमा फस्ने पात्रको कथा भन्ने उद्देश्यले तयार गरिएको हो । यो फिल्म नेपालमा यही भदौ २७ गते रिलिज हुँदैछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज गरिने भएको छ ।

मुकेश खनालको लेखनमा बनेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन र मदन घिमिरे सम्पादनमा रहेका छन् ।

अगाडिकाे पाेस्ट

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

अर्काे पाेस्ट

इटहरीमा ‘नितेश जंग कुँवर’को लाईभ म्युजिक कन्सर्ट हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana