Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

फिल्म क्षेत्रका यी ३ खम्बाको जुहारीले फाईदा कस्लाई ?

✍ सुवास संकल्प
भदौ १७, २०८२ मा प्रकाशित
दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

इटहरी/ नेपाली फिल्म क्षेत्रका हस्तीहरुले अब फेसबुकमा वार सुरु गरेका छन् । फेसबुकमा स्ट्याटस, कमेन्ट गर्दै घोचपेच र आरोप प्रत्यारोप लगाउन सुरु गरेका छन् । निर्माता रोहित अधिकारीले सोमबार देखि नै कसैलाई टार्गेट गरेर स्ट्याटस पोस्ट गरिरहेका थिए । यसैविचमा आज मंगलबार निर्माता तथा अभिनेता दीपक राज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनालाई टार्गेट गरेर फेसबुकमा एक पोस्ट गरे ।

सो पोस्टपछि रोहित अधिकारी, दीपक राज गिरी र सन्तोष सेनको एकअर्का बीच आरोप प्रत्यारोपको खेल सामाजिक सञ्जालमा सुरु भएको छ । यो खेलमा रोहित-दीपक भर्सेस सन्तोष देखिन्छन् । अब यसको अन्त्य कसरी हुन्छ भन्ने अनुमान लगाउन सकिन्न । यी ३ जनै निर्माता तथा निर्देशक नेपाली फिल्म क्षेत्रका दरिलो खम्बा हुन, मिलेर जानुपर्नेमा यसरी सामाजिक सञ्जालमा रोइलो गर्दा पक्कै राम्रो सन्देश जाँदैन ।

दीपकले मंगलबार एका बिहानै “फेसबुकमा चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यग्य बुझ्छ! न बौद्धिकता थाहा छ, बुरूक बरूक सॉढे उफ्रे झै उफ्रिन्छ ! माया लाग्छ” भनेर लेख्छन् । यो स्ट्याटसले सिधै सन्तोष सेन तर्फ तीर हानेको छ । यता सेन पनि चुप बस्नेमा पर्दैनन् । उनले दिपकको सो पोष्टको कमेन्टमा एक लामो जवाफ फर्काउँछन् । तर, दीपकले सो कमेन्ट डिलिट गरेको भन्दै गिरीलाई मेन्सन नै गरेर सो कमेन्टलाई स्ट्याटसको रुपमा आफ्नो फेसबुकमा सेनले पोस्ट गर्छन् ।

अनि सुरु हुन्छ फेसबुकमा कमेन्ट, पोस्ट अनि घोचपेचसँगै आरोप प्रत्यारोप । सन्तोषले दीपकलाई मेन्सन गरेर, कमेन्ट डिलिट गरेपछि स्टाटस लेख्न बाध्य भएको बताउँदै सेनले गिरीलाई “तिम्रो सोचमै पाप छ” भन्दै लाखौँ दर्शकको भावनासँग खेलबाड नगर्न चेतावनी दिएका छन् । उनले ‘बलिदान’ को पोस्टमा आएका नकारात्मक कमेन्टहरू दीपक राज गिरीको समूहबाट गराइएको आशंका गर्दै प्रश्न उठाएका छन् । “हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?” सेनले लेखेका छन् ।

फेक अकाउन्टमार्फत घटिया कमेन्ट गराउने, दर्शकको भावनामा चोट पुर्‍याउने र उल्टै आफूमाथि आरोप लगाउने सोचलाई उनले कलाकारको लागि अपमानजनक ठहर गरेका छन् । “कलाकार र सिर्जनाकर्ताबीच प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो सिर्जनामा र गुणस्तरमा हुनुपर्छ” सेनको भनाइ छ ।कालीमाता र पशुपतिनाथको कसम खाँदै उनले आफैंलाई अगाडि बढाउन अरूलाई गिराउने गलत प्रवृत्तिमा कहिल्यै संलग्न नभएको दाबी गरेका छन् ।

सेनले “यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, मैले “बलिदान”को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हु, कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु, यसै क्षण मेरो जीवन अन्त्य होस् ।” लेखेका छन् । आफू र आफ्नो टिमले ३–४ वर्षदेखि दर्शकलाई केही अर्थपूर्ण सिर्जना दिन प्रयासरत रहेको उल्लेख गर्दै कलालाई सम्मान गर्न सबैलाई आग्रह गरेका छन् । सेनको यो स्ट्याटस पछि जवाफमा पुनः दीपकले व्यङ्ग्य पनि नबुझ्ने बौद्धिकता नभएको भन्दै “चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यग्य बुझ्छ! न बौद्धिकता थाहा छ, बुरूक बरूक सॉढे उफ्रे झै उफ्रिन्छ ! माया लाग्छ” भनेर लेख्छन् ।

@parikalanewsofficial

यता निर्माता रोहित अधिकारीले भने दिपककाे सो स्ट्याटस हरुलाई आफ्नो फेसबुक प्रोफाइलमा शेयर गरिरहेका छन् । यस्तै निर्माता अधिकारीले सन्तोष सेनलाई मेन्सन गर्दै एक व्यक्तिको धम्कीपूर्ण म्यासेज र कमेन्टको स्क्रीनसट राख्दै “इनबक्समा पनि गाली आको छ, सन्तोष सेन जी तपाईको यो झोले हैन, तपाईबाट परिचालित छैन भनेर कसरी ट्रस्ट गर्नु ?” भनेर प्रश्न तेर्स्याएका छन् ।

सामाजिक सञ्जालमा छताछुल्ल भएको यो आरोप प्रत्यारोपलाई अब, यी ३ जना मेकर्सले कसरी सटआउट गर्छन् वा अझै लम्ब्याउँछन् भन्ने कुरा पर्खाइको विषय हो । हुन त अघिल्ला वर्षमा पनि यस्तै भएको उदाहरण छन्, तर यो हदसम्म भने पुगेको अवस्था थिएन । आ-आफ्नो तर्फबाट एक अर्काको फिल्म सफल प्रदर्शनमा रचनात्मक भूमिका खेल्नुपर्नेमा फिल्म क्षेत्रका यी खम्बाहरूको यो शैलीको उपस्थितिले नेपाली फिल्म उद्योग कता जाँदैछ ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

अगाडिकाे पाेस्ट

अमेरिकाको सबैभन्दा ठूलो फिल्म चेन एएमसीमा ‘बलिदान’, १ हजारबढी सो पाउने अनुमान

अर्काे पाेस्ट

इटहरीमा ‘अभिमन्यु’को पत्रकार भेटघाट, ‘नचलेका कलाकार’ भन्ने प्रश्नमा बोले कामेश्वर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana