इटहरी/ युवापुस्ता माझ लोकप्रिय गायक नितेश जंग कुँवर आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुतिका लागि इटहरी आउने भएका छन् । पिसजोन आवासीय माध्यमिक विद्यालयले आयोजना गर्ने सो लाईभ कन्सर्टमा कुँवरले प्रस्तुती दिने तय भएको हो ।
कार्यक्रम आयोजक पिसजोन आवासीय माध्यमिक विद्यालयकै प्राङ्गणमा हुनेछ । यही आउने शनिबार २१ गतेका दिन दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ । उनको प्रस्तुती हेर्न सशुल्क व्यवस्था रहेको छ ।

भिभिआइपी टिकट १ हजार, भिआइपी टिकट ५०० र जेनरल टिकट २०० निर्धारण गरिएको आयोजकले जनाएको छ । गायक नितेशको खोलै खोला, हाम्रो नेपालमा, आश्मा, निष्ठुरी मोरि, हितैको माया लगायत दर्जनौं गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् । सो गीतहरुले युट्युवमा मिलियन भ्यूजहरु पाइसकेका छन् ।
@parikalanewsofficial












Discussion about this post