इटहरी/ आगामी मङ्सिर ५ गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने नेपाली फिल्म ‘लड़ाई पहिचानको’का लेखक तथा निर्देशक भीम लामाले फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताउँदै योगदान पुर्याएको भन्दै ‘नेपाली चलचित्र विशिष्ट राष्ट्रिय सम्मान २०८२’ प्राप्त गरेका छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘प्रयास मञ्च नेपाल’को आयोजनामा वरिष्ठ गीतकार तथा समाजसेवी बुद्धवीर लामाको एकल साँगीतिक कार्यक्रमको अवसरमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो । सम्मानको प्रमाणपत्र र अवार्ड माननीय झलनाथ खनालले हस्तान्तरण गरेका थिए ।

सम्मान प्राप्त गरेपछि निर्देशक लामाले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको अनुभव भएको बताएका छन् । “यो सम्मानले मलाई अझै प्रेरणा र उर्जा दिएको छ । नेपाली फिल्मको उन्नति र नयाँ पुस्तालाई मार्गदर्शन गर्न यसले ठूलो भूमिका खेल्नेछ,” उनले भने । उनले आयोजक ‘प्रयास मञ्च नेपाल’ र विशेष व्यक्तित्व बुद्धवीर लामाप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली फिल्म उद्योगलाई अझै बलियो बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
@parikalanewsofficial
सोही कार्यक्रममा वरिष्ठ गीतकार बुद्धवीर लामाद्वारा रचित, रगुन गुरुङ र रोजिना बस्नेतको स्वरमा तयार गरिएको ‘काली काली’ बोलको गीत पहिलो पटक प्रिमियर गरिएको थियो । उक्त गीत फिल्म ‘लडाइँ पहिचानकको’मा समावेश गीत हो । यो गीतलाई अब छिट्टै ओएसआर डिजीटल मार्फत पनि सार्वजनिक गरिने लामाले बताए । सामाजिक कथावस्तुमा आधारित यस फिल्मले नेपाली समाजका पहिचानका मुद्धाहरुलाई उठान गर्ने बताईएको छ ।














Discussion about this post