Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रिमै’ गुरुङ समुदाय बुझ्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्तावेज – दयाहाङ राई

✍ परिकला न्यूज
भदौ १५, २०८२ मा प्रकाशित
‘रिमै’ गुरुङ समुदाय बुझ्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्तावेज – दयाहाङ राई

इटहरी/ नेपाली फिल्मप्रेमीले पर्खिरहेको फिल्म ‘रिमै’ यही शुक्रबार अर्थात् भदौ २० गतेदेखि प्रदर्शनमा आउँदैछ । गुरुङ समुदायको कथा, संस्कृति र परम्परालाई केन्द्रमा राखेर तयार गरिएको यो फिल्मलाई टिमले सामान्य मनोरञ्जन मात्र नभई नेपाली समाज र इतिहासका लागि “दस्तावेज” को रूपमा प्रस्तुत गरिरहेको छ । काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘रिमै’लाई गुरुङ समुदाय बुझ्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्तावेज हुने बताए ।

दयाहाङले भने, “गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको भाषा, संस्कार र जीवनशैलीलाई नजिकबाट बुझ्नुपर्ने भए यो फिल्म निकै बलियो प्रमाण बन्नेछ।” फिल्मको शीर्षक ‘रिमै’ गुरुङ भाषामा छोरी–चेली भन्ने अर्थमा प्रयोग हुन्छ । अभिनेत्री रिस्मा गुरुङका अनुसार यो शब्द गुरुङ समाजमा छोरीको अनिवार्य भूमिकासँग जोडिएको छ । उनले भनिन्, “हाम्रो समुदायमा छोराभन्दा छोरीको महत्व बढी छ । अन्तिम संस्कारमै पनि छोरी नभएसम्म घरबाट शव उठाउन मिल्दैन । यही सन्देश ‘रिमै’मार्फत देख्न पाइनेछ ।”

गुरुङ कथामा बनेको सशक्त फिल्म भएका कारण उनले यसमा काम गर्न उत्साहित भएको बताईन् । उनी गुरुङ भाषाकै फिल्मबाट मेनस्ट्रिममा प्रवेश गरेकी कलाकार हुन् । निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङलगायतको अभिनय छ । साथै, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर पनि देखिनेछन् ।

@parikalanewsofficial

फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन् । कार्यकारी निर्माता वीरबल घले रहेका यस फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताको रूपमा छन् । संगीतमा दीपक शर्मा र थानेश्वर गौतम, सम्पादनमा मित्र डि गुरुङ, मुख्य सहायक निर्देशकमा किरण चाम्लिङ राई, र प्रोडक्सन म्यानेजरमा बिष्णु मैनाली रहेका छन् ।

अगाडिकाे पाेस्ट

विश्वप्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली लघु फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर गरिने

अर्काे पाेस्ट

निर्देशक भीम लामा ‘नेपाली चलचित्र विशिष्ट राष्ट्रिय सम्मान २०८२’ बाट सम्मानित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana