इटहरी/ नेपाल–भारत सिमानामा बसोबास गर्ने नेपालीहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र संस्कृतिलाई आधार बनाई निर्माण गरिएको नेपाली फिल्म ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) देखि नेपाल र भारतका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । शुक्रबार सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ ।
फिल्मलाई बलिउडमा लामो अनुभव हासिल गरेका तर पहिलोपटक फिचर निर्देशन गर्न लागेका उदिप राणा थापा ले निर्देशन गरेका हुन् । डुवर्समा जन्मे हुर्केका उनी १८ वर्षसम्म बलिउडका जी-फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक तथा प्रोड्युसरको रूपमा संलग्न थिए । यो फिल्मको प्रमुख भूमिकामा सुरक्षा पन्त, डुवर्सका प्रभात थापा, मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट विजेता सुरभि थापा रहेका छन् ।

साथै बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छन् ।
@parikalanewsofficial
प्राविधिक पक्षमा बलिउडका अनिकेर एम. घोघ छायाङ्कन, अखिलेश राय सम्पादन, बिनु प्रधान कस्ट्युम, अनुरूप केर्टकेट्टा भीएफएक्स, अनिन्दिया एस. राय रङ्ग संयोजन, अमित त्रिवेदी साउन्ड डिजाइन, कविराज गहतराज र बसन दर्जी कोरियोग्राफीको रुपमा रहेका छन् । फिल्मको संगीतमा चर्चित गायक पुष्पन प्रधान छन् भने शीर्ष गीतलाई मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन् ।
स्वरमा पुष्पन प्रधानसँगै आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर समेत छन् । फिल्मलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डिया ले निर्माण गरेको हो । निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन् । नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ ।














Discussion about this post