इटहरी/ पैसाको प्रलोभन, अपहरण र संघर्षको कथामा आधारित नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले ट्रेलर सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यही भदौ २७ गते रिलिज हुन लागेको फिल्मको ट्रेलरले प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने कथालाई प्रष्ट्याएको छ ।
घरबारबिहीन युवकले पैसाका लागि गरेका अवैध गतिविधि, समाजमा पैसाप्रति हुने गिद्धे दृष्टि र त्यसकै कारण चक्रव्यूहमा फस्ने परिस्थितिलाई ट्रेलरमार्फत देखाइएको छ । कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारको अभिनय रहेको फिल्मले अपराध र पैसाको दुनियाँमा फसेको पात्रको संघर्ष कथा भन्नेछ । हेर्नुस् ट्रेलर ।
यो फिल्मको हिन्दी भर्सन भने असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज गरिने निर्माण पक्षले जनाएको छ । मुकेश खनालको लेखन रहेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक हुन् भने निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । ‘अभिमन्यु’मा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादन र शरद महतो डिओपीका रूपमा रहेका छन् ।
@parikalanewsofficial














Discussion about this post