इटहरी/ नेपाली फिल्म ‘माइतीघर’ले फेरि एकपटक दर्शकलाई पुरानो स्मृतिसँगै नयाँ स्वाद दिने जमर्को गरेको छ । आगामी दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउन लागेको यस फिल्मले आफ्नो शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरेको छ । धेरै प्रतिक्षापछि यो गीतलाई निर्माण युनिटले ओएसआर डिजिटलमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनीक गीतमा गायिका सञ्जिवनीको स्वर छ भने शब्द किरण खरेल र संगीत दिवंगत जयदेवको रहेको छ । यसअघिको पुरानो गीतमा चर्चित गायिका आशा भोस्लेको स्वर रहेको थियो । यसपटक निर्माता रोहित अधिकारी र उनको टिमले बहुचर्चित गीतलाई नयाँ रूप दिएर पुनः दर्शकमाझ ल्याएका हुन् ।
सार्वजनिक भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । आकर्षक लोकेशन, दर्जनौं कोरस डान्सर र मानकृष्ण महर्जन, सुशन प्रजापतिको सुन्दर छायांकन कलाले भिडियोलाई उत्कृष्ठ बनाएको छ । भिडियोको अर्को आकर्षक पाटो भनेको यसमा नेपालको चुच्चे नक्सालाई मेहनतका साथ प्रस्तुत गरिएको छ । सुन्दर पहाडमा नेपालको झण्डा बोकेर नृत्य गरेकाे दृश्यले मन आनन्दित बनाउँछ । हेर्नुस् भिडियो ।
सार्वजनीक गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । कोरियोग्राफीमा कविराज गहतराज रहेका छन् । निर्देशक मिलन तामाङले निर्देशन गरेको फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने, ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।
@parikalanewsofficial
रामशरण पाठकको लेखन र चन्द्रकुमार दोङको कथा समेटिएको फिल्ममा केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माण युनिटले यो गीतमा यसअघि नै नृत्य प्रतियगिताको घोषणा गरेको थियो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ । जसबाट उत्कृष्ट १ जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्माता रोहित अधिकारीले जानकारी गराए ।














Discussion about this post