इटहरी/ नेपाली दर्शकले प्रतीक्षा गरिरहेको फिल्म ‘वरिष्ठ बलराम’ अब भाइटीकाको दिन अर्थात् कात्तिक ६ गते रिलिज हुने पक्का भएको छ । सुरुवाती घोषणा अनुसार यसलाई लक्ष्मी पूजाका दिन अर्थात् कात्तिक ३ गते प्रदर्शन गर्ने तयारी भएको थियो । तर, निर्माण टिमले मिति परिमार्जन गर्दै भाइटीकालाई उपयुक्त अवसरका रूपमा छानेको हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई र माओत्से गुरुङ लगायत कलाकारको अभिनय देख्न पाइनेछ । ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका पौडेलको यो चौथो निर्देशनात्मक प्रस्तुति हो ।
निर्देशक पौडेलकै कथा र सम्पादनमा बनेको यस फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको यस फिल्ममा आशिष एच. तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।
@parikalanewsofficial
फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक हुन् । ‘वरिष्ठ बलराम’लाई काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा लिएका छन् ।














Discussion about this post