इटहरी/ फिल्म आचार्य मार्फत निर्देशनमा डेब्यु गर्न लागेका अभिनेता तथा एक्सन किङ निखिल उप्रेती अहिले पश्चिम बंगालको रमणीय डुअर्समा एक्सन कट गर्न व्यस्त छन् । यो फिल्मको पछिल्लो समय चर्चाको चुलिएको छ । लामो समयपछि निर्देशनमा समेत डेब्यु गर्दै अभिनयमा फर्किने कुराले उप्रेतीका फ्यानहरु अहिले उत्साहित बनिरहेका छन् ।
हालै सुटिङ सेटबाट केही तस्विर सार्वजनिक भएका छन्, ती तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छन् । हरियाली र प्राकृतिक दृश्यबीच अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो नयाँ निर्देशकीय फिल्मलाई जीवन्त बनाउन निकै व्यस्त रहेको सार्वजनीक तस्वीरहरुमा देखिन्छ ।

यस्तै उक्त छायांकनमा अहिले नयाँ अनुहार पूर्णिका सिजापति र केही भारतीय कलाकार आफ्ना दृश्य खिचाइमा सक्रिय छन् । भारतीय प्राविधिक टोलीले यो फिल्मलाई अन्तर्राष्ट्रिय स्वाद दिने संकेतको रूपमा हेरिएको छ । हाल इन्डिया ट्राभल विषयसँग जोडिएका दृश्य खिचिँदैछन् । त्यसपछि बिहारको बागडुगरा र ठाकुरगञ्जमा टोली पुग्नेछ भने करिब २५ दिनपछि सुटिङ युनिट नेपाल फर्कने तयारीमा छ ।
@parikalanewsofficial














Discussion about this post