इटहरी/ नेपाली फिल्म कोशेढुंगाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गर्दै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने फिल्मको मान्यता पाएको छ । यही बिहीबारदेखि नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई दर्शकमाझ विशेष उत्सुकतासाथ प्रतीक्षा गरिएको छ ।
महिला प्रधान कथावस्तुमा आधारित यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई सरोज पौडेलले लेखन र निर्देशन गरेका हुन् । यसअघि ‘पूर्णबहादुरको सारंगी’ मार्फत चर्चामा आएका पौडेलको यो नयाँ प्रस्तुति दर्शकमाझ बहुप्रतिक्षित मानिएको छ ।

फिल्मको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा गरिएको हो । बाबु श्रेष्ठको छायाङ्कन, नहकुल खड्काको सम्पादन र आशिष अविरल तथा रिदम कँडेलको संगीत रहेको यस फिल्मलाई प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
@parikalanewsofficial
अन्तर्राष्ट्रिय वितरण अधिकार प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ । अहिले फिल्मको देशभर अग्रिम बुकिङ समेत खुलिसकेको छ भने आज अपराह्न काठमाण्डौमा भव्य प्रिमियर आयोजना भइरहेको छ । फिल्मको टिजर, ट्रेलर र गीत संगीतमार्फत नै दर्शकको मन जितिसकेको हुँदा कोशेढुंगा ले रिलिजपछि व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।














Discussion about this post