इटहरी/ फिल्मको प्रचार–प्रसार र दर्शकमाझ उपस्थित हुन कुनै पनि कठिनाइले रोक्न सकेको छैन कलाकार केदार प्रसाद घिमिरेलाई । ब्याडमिन्टन खेल्दा चिप्लिएर लड्दा उनको दाहिने कुहिनो भुइँमा ठोक्किएको थियो भने कुममा समेत समस्या देखिएको छ । चोटपटकका कारण पीडामा भए पनि उनी नियमित रूपमा हल पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ फिल्म माग्ने राजाले उत्साहजनक व्यापार गरिरहेको छ । रिलिजको छैटौँ दिनसम्म पनि बक्स अफिसमा सुखद प्रदर्शन कायम राखेको फिल्मप्रति दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले घिमिरे पीडामा हुँदा पनि उत्साहित बनेका छन् ।
@parikalanewsofficial
हलमा भेटिएका उनले चोटका कारण हातमा समस्या भए पनि दर्शकको माया र समर्थनले आफूलाई अगाडि बढ्न प्रेरणा मिलेको बताए । यद्यपि, उनले चोटले गर्दा फिल्मको प्रचार–प्रसार र आगामी छायांकनमा केही असर पर्ने आशंका व्यक्त गरेका छन् । घिमिरे अभिनीत अर्को फिल्म ‘माइतीघर’ आगामी असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ भने ‘जेरीः अन टप’ असोज ३१ गते रिलिज हुने तयारीमा छ ।














Discussion about this post