ईटहरी/ नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ प्रदर्शन अगाडि नै चर्चाको शिखरमा पुगेको छ । यसको मुख्य कारण बनेको छ-भोजपुरी फ्लेवरमा तयार गरिएको तर नेपाली शब्दमा सजिएको गीत ‘लड्की गोरी’ । रिलिज भएको सात दिनमै ११ लाखभन्दा बढी पटक हेरिएको यो गीतले मधेसको संस्कृतिलाई टिपिकल भोजपुरी शैलीमा प्रस्तुत गरेको छ ।
यद्यपि, यो साधारण भोजपुरी गीतजस्तो छाडा नभई ताजगी र रमाइलोपनले भरिएको भएकाले दर्शकले खुलेर प्रशंसा गरेका छन् । “डान्स बबाल छ, अडियो पनि फरक छ,” भनेर दर्शकले युट्युबमा कमेन्ट गरेका छन् । गीतले मात्र होइन, यसले फिल्मलाई समेत फाइदा पुर्याएको छ । पछिल्लो समय गीतलाई नै फिल्म प्रचारको बलियो अस्त्र मानिँदै आएको छ र ‘लड्की गोरी’ले त्यसको पुष्टि गरिदिएको छ । हेर्नुस् भिडियो ।
यसले मधेसी समुदायलाई पनि फिल्मतर्फ तान्न सक्ने सम्भावना देखिएको छ । लामो समयदेखि नेपाली फिल्मले तराईलाई बेवास्ता गरेको आरोपबीच ‘अभिमन्यु’ भने त्यसबाट मुक्त भएको जस्तो आभास दिएको छ । फिल्मको कथा पैसाको प्रलोभन र त्यसले निम्त्याउने संघर्ष वरिपरि घुम्छ । सुशान्त गौतमले निर्देशन गरेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् भने मुकेश खनालले लेखन र मदन थापाले क्रिएटिभ निर्देशन रहेको छ । यो फिल्म नेपाली संस्करणमा भदौ २७ गते रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ अर्थात् सेप्टेम्बर २२ मा विश्वव्यापी रूपमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
@parikalanewsofficial














Discussion about this post