इटहरी/ फिल्मी दुनियाँमा चर्चित बनेको ‘माग्ने राजा’ले आफ्नो कथा पहिलो शृंखला मै नरोकिने स्पष्ट संकेत दिएको छ । अब यसकै निरन्तरतामा दोस्रो श्रृंखला ‘माग्ने महाराज’ आउने पक्का भएको छ । पहिलो भागको अन्तिम दृश्यलाई नियाल्ने हो भने, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीलाई विवाहित जोडीका रूपमा सन्तानसहित देखाइएको छ ।
त्यही क्षणमा केदारले “माग्ने महाराज” भन्ने शब्द उच्चारण गर्छन् र फिल्म टुंगिन्छ । यसै दृश्यमार्फत नै दोश्रो भागको रुपमा माग्ने महाराजा आउने संकेत दिएको हो । ‘माग्ने राजा’ले ऋण र राजनीतिक अस्तव्यस्तता बीच संघर्षरत पात्रमार्फत नेपाली समाजको कटु यथार्थलाई देखाएको थियो ।
@parikalanewsofficial
दलीय बेथिती, नयाँ दलप्रतिको आकर्षण र आम मानिसको आक्रोशलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो फिल्मले दर्शकमाझ बलियो सन्देश पुर्याएको छ ।निर्देशक ऋषि लामिछानेको प्रस्तुतिले अहिले पनि हलमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबार र शनिबारको बक्सअफिस परिणाम सकारात्मक देखिएपछि, दर्शकमाझ ‘माग्ने महाराज’प्रतिको उत्सुकता झनै बढेको छ ।














Discussion about this post