इटहरी/ ‘जिरो डिग्री’ नामक नयाँ फिल्मको घोषणा गरिएको छ । जसको निर्देशन ‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वरा सजन काफ्ले र आकास बरालले गर्ने भएका छन् । सोमबार सार्वजनिक गरिएको मिनिमल पोस्टरसहित मेघौली फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण हुने औपचारिक जानकारी दिइएको हो । यस फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन् ।
कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी फर्किँदासम्म शव सुरक्षित राख्न डीप फ्रिज गाउँसम्म बोकेर लैजानु पर्ने बाध्यता र त्यसपछि सिर्जना हुने घटनाक्रम वरिपरि घुम्छ । हल्का कमेडीको स्वाद पनि मिसिएको यस कथामा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन् ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा डीप फ्रिजलाई ठूलो जनमानसले बाँसमा राखेर खोला तार्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । सामान्यतया पोस्टरमा कलाकारको अनुहार वा ठूला दृश्य देखाउने परम्परा तोड्दै यसमा प्रत्यक्ष कथाको केन्द्रीय प्रतीकलाई मात्र देखाइएको छ ।
@parikalanewsofficial
फिल्मका कार्यकारी निर्माता मोती कार्की रहेका छन् । तिहारपछि छायाङ्कन सुरु हुने यो फिल्मलाई आगामी वर्ष रिलिज गर्ने योजना छ । यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ भने संगीतमा अङ्कित बाबु अधिकारी र गीतमा ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्ले रहेका छन् ।














Discussion about this post