इटहरी/ देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चिट्ठी’ निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको छ । कमेडी, हरर र सस्पेन्सको स्वादमा तयार भएको यो फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । एरा प्रोडक्सनको व्यानरमा सञ्चारकर्मी कमला जोशीको निर्माणमा बनेको ‘चिट्ठी’ आउँदो भाद्र २० गतेदेखि प्रदर्शनमा आउने छ । यो फिल्मको वितरण कुबेर डिष्ट्रिब्युसनले गर्ने भएको छ ।
फिल्मलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । अर्गानिक कमेडियनका रूपमा लोकप्रिय खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट लगायत कलाकारको अभिनय यो फिल्ममा रहेको छ । हेर्नुस् ट्रेलर ।
निर्माण टिमका अनुसार, यसमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई समेत समेटिएको छ । यसअघि सार्वजनिक भएका ‘टुटेको तारा’ र ‘सिन्दुरको रङ’ गीतले नै दर्शकको ध्यान तानेका थिए भने नयाँ ट्रेलरले फिल्मप्रतिको प्रतिक्षा झनै बढाएको छ । निर्माण पक्षले ‘चिट्ठी’ मा मौलिक कथा, दमदार अभिनय र आकर्षक प्रस्तुतिको संयोजन दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरेको छ ।
@parikalanewsofficial














Discussion about this post