इटहरी/ नेपाली लोकसंगीतका दिग्गज सर्जक झलकमान गन्धर्वको चर्चित गीत ‘हे बरै’लाई पुनः स्वरांकन गर्दै फिल्म ‘कोशेढुंगा’ ले नयाँ रुप दिएको छ । आशिष अविरलको स्वरमा प्रस्तुत गरिएको यो गीत विदेशमा बन्धक बनेर घर फर्किन नसक्ने एउटा छोराको पीडामय कथा बोकेको छ, जसले परिवारप्रतिको माया र अन्तिम बिदाइलाई मार्मिक ढंगले उजागर गर्छ ।
गीतको भिडियोमा अभिनेता मुकुन भुसाल सारंगी बजाउँदै देखिएका छन् । उनको यो पात्र ‘पूर्णबहादुरको सारंगी’को वीरे बाट प्रेरित गरिएको हो । गाडीभित्र गीत बजाउने क्रममा उनले सिर्जना गरेको भावनात्मक माहोलले दृश्यलाई अझ गहिरो बनाएको छ । हेर्नुस् भिडियो ।
निर्देशक सरोज पौडेलले निर्माण गरेको फिल्म ‘कोशेढुंगा’ आगामी भदौ १२ गते देखि प्रदर्शनमा आउँदैछ । नरदेवी फिल्मसको प्रस्तुतिमा बनेको यस फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
@parikalanewsofficial














Discussion about this post