इटहरी/ नेपालका फिल्म हलहरुमा हाल प्रदर्शनरत नेपाली फिल्म ‘जनै हराएको मान्छे’ले भावनात्मक कथावाचनमार्फत दर्शकको मन छुने प्रयास गरेको छ । कोरिया जाने सपना बोकेर शहर पसेको एक सोझो युवाको जीवनमा आएको पीडा र परिस्थितिले ल्याएको अनेक दुःख र सुखका मोडलाई यसमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
फिल्मको सुरुवातदेखि नै कलाकारको जीवन्त अभिनय, संवाद र दृश्यहरूले दर्शकलाई भावनामा डुबाउन सफल देखिन्छ । विशेषगरी ‘जनै संस्कार’को बन्धनमा बाँधिएको अवस्थाको पीडा र त्यसबीच अनायास भेटिएका साथीहरू बाट पाएको अकल्पनीय काम र दवाव मात्रै हैन यथार्थ बुझेपछि ती साथीहरूबाट पाएको न्यानो साथ र सहयोगलाई निर्देशकले निकै हृदयस्पर्शी ढंगले प्रस्तुत गरेका छन् ।
@parikalanewsofficial
दिदी-भाइ र बुवा-छोराबीचको भावनात्मक सम्बन्धले मन बहकाउँछ भने फिल्मका प्रमुख पात्र सितारामले हस्पिटलमा भेटिएका अन्जान आमा र उनकी छोरीबीचको सम्बन्धले दर्शकलाई झन् भावुक बनाउँछ । कथा सहज र स्वाभाविक रूपमा बगिरहने भएकाले फिल्ममा दर्शक बाँध्ने तागत छ ।
यद्यपि, अन्त्यमा भने केही दर्शकले अपूर्णताको अनुभूति समेत गरेका छन् । फिल्मको क्लाइमेक्समा यदि मुख्य पात्र सितारामले थाहा नपाई आफ्नै बुवाकै किरियामा बसेको दृश्य देखाइएको भए अझ प्रभावकारी हुने जनै हराएको मान्छे फिल्म हेरेका दर्शकले प्रतिक्रिया दिएका छन् । समग्रमा, ‘जनै हराएको मान्छे’लाई उत्कृष्ट फिल्मको रुपमा लिन सकिन्छ । दर्शकहरुले यो ‘सारङ्गी’ जत्तिको स्तरमा नभए पनि रुवाउने खालको गहिरो कथा भएको बताउँछन् ।















Discussion about this post