इटहरी/ नेपाली फिल्म इतिहासमा पहिलोपटक दुर्लभ वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’को सम्पूर्ण छायांकन सकिएको छ । निर्देशक प्रदीप शाहीले पुष्टि गरेअनुसार, काठमाडौँमा भव्य सेट निर्माण गरी गरिएको अन्तिम गीतको छायांकनसँगै सुटिङ कार्य पूर्ण भएको हो ।
यस विशेष गीतमा कविता नेपाली फिचर्ड छिन् भने स्वर स्वप्निल शर्माको र संगीत रोहित शाक्यको रहेको छ । गीतको कोरियोग्राफी पनि कविताकै निर्देशनमा गरिएको हो । यही फिल्मको गीतमा कोरियोग्राफी गर्दै कविता नेपालीले फिचर फिल्ममा कोरियोग्राफरको रुपमा डेब्यु गर्दैछिन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’का अनुसार यो गीत आगामी दशैंमा सार्वजनिक गरिनेछ ।
‘एक्लो’ मा प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । उनीसँगै विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहनेछ । साथै, बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा देखिनेछन् ।
@parikalanewsofficial
निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् । फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइनमा द्रोणप्रसाद पौडेल ‘ठेउके’ रहेका छन् । हाल फिल्मको पोस्ट-प्रोडक्सन लन्डनमा भइरहेको छ भने आउँदो पुस महिनामा क्रिसमसको अवसर पारेर यो फिल्म रिलिज गर्ने तयारी भइरहेको छ ।















Discussion about this post