इटहरी/ यही भाद्र १३ अर्थात् अगष्ट २९, २०२५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्यो चोली : द ड्रेस’ ले आफ्नो नयाँ गीत ‘मान्छे को चिनारी’ सार्वजनिक गरेको छ । यस गीतलाई गायक केतन क्षेत्रीले गाएका छन् भने बिशाम आचार्यले सपोर्टिङ भोकल दिएका छन् । गीतमा समुद्र भट्ट र रेखा पन्तको शब्द रहेको छ भने लेखु सहयात्रीको संगीत रहेको छ । लिरीकल भिडियोको रूपमा सार्वजनीक गीत मर्मस्पर्शी छ । भिडियोमा फिल्मका केही दृश्यहरु पनि समावेश छन् ।
फिल्मलाई स्काई ओसियन इन्टरटेन्मेन्ट र भिजन इन्टरटेन्मेन्ट ले प्रस्तुत गरेका छन् । यो फिल्ममा नजिर हुसेन, सञ्चिता लुइटेल, बिशाल पहारी, सुशिल सिटौला, अनुपम श्रेष्ठ र राजुकुमार घोष लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा नजिरलाई विशेष पात्र ‘गुलाबी’ को रुपमा प्रस्तुत गरिएको छ । हेर्नुस् भिडियो ।
यो फिल्मको निर्देशन, कथा तथा स्क्रिप्ट लेखनमा समुद्र भट्ट छन् भने कथा लेखनमा नजिर हुसेन र भी. भान्से जानुबोन समेत रहेका छ । फिल्ममा अन्तर्राष्ट्रिय स्तरका प्राविधिक तथा संगीतकर्मीहरूको समेत सहभागिता रहेको छ । संगीतमा मार्सेलो डे फ्रान्सिसी, भोकलमा लिसा गेरेर्ड, छायांकनमा आलोक शुक्ला, सम्पादनमा माइकल हेरिङ र कलरिस्टमा पेडेर्भ मोर्गेन्थालर (मास एफएक्स मिडिया, अमेरिका) रहेका छन् ।
नेपाल पोस्ट–प्रोडक्सनको जिम्मा भने चलचित्र चौतारी ले लिएको छ । फिल्मका कार्यकारी निर्मातामा रिथी पान्ह, जेफ्री जे. वेन, स्टिभेन जोनस्टन रहेका छन् भने सह–कार्यकारी निर्माता अनुसोने ज्यानुबोन, स्टेफेन रेप्लिन, सेन पिट्स र पाभिस ज्यानुबोन हुन् । निर्माणमा आकाश बुढाथोकी र भी. भान्से ज्यानुबोन छन् । गीत ‘मान्छे को चिनारी’ मार्फत फिल्मले आफ्ना भावनात्मक पक्षलाई झल्काएको छ भने दर्शकलाई फिल्म प्रति थप आकर्षित गर्ने प्रयास गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post