इटहरी/ भर्खरै मात्र सार्वजनिक गरिएको गीत ‘हासी हासी लजाउने’ अहिले संगीतप्रेमीको मन जित्दैछ । यो गीत यसअघि मेल भर्सनमा सार्वजनीक गरिएको लोकप्रिय ‘मनैमा सानुमाया’ गीतकै फिमेल भर्सन हो, जसलाई गायिका समीक्षा अधिकारीको स्वरमा प्रस्तुत गरिएको हो । टिकटकमा अत्याधिक भाइरल बनेको “हासी हासी लजाउने” अंशकै कारण दर्शक तथा श्रोताबाट आएको व्यापक मागपछि निर्माण टिमले यसलाई छुट्टै फिमेल भर्सनका रूपमा तयार गरेको हो ।
यस गीतमा समीक्षा अधिकारीको मधुर स्वरलाई एसडी योगीको संगीत र राम अविरल विष्टको शब्दले सजाइएको छ ।गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनय देख्न सकिन्छ भने विवेक रसाइलीको लेखन तथा निर्देशनले यसलाई सांस्कृतिक र भावनात्मक दृष्टिकोणबाट थप सबल बनाएको छ । हेर्नुस् भिडियो ।
भिडियोले नेपाली र भुटानी समुदायको सांस्कृतिक परिवेशमा आधारित प्रेमकथालाई फरक कोणबाट प्रस्तुत गरेको छ । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा बनेको यस भिडियोका कार्यकारी निर्माता विजय बस्याल, सहायक निर्देशक रेजोन थापा र छायाकार उज्ज्वल जोशी रहेका छन् । यसअघि सार्वजनीक ‘मनैमा सानुमाया’ ले पहिचान, संघर्ष र प्रेमका भावनालाई गहिराइपूर्वक चित्रण गरेको थियो भने नयाँ फिमेल भर्सनले पनि त्यही लोकप्रियतालाई निरन्तरता दिँदै युट्युबमा राम्रै प्रतिक्रिया र भ्यूज बटुलिरहेको छ ।
@parikalanewsofficial















Discussion about this post