इटहरी/ बालकलाकार ईनोभ गुरुङ र नमिक्षा मगरले नयाँ म्युजिक भिडियो ‘रोधीघर’ मार्फत आफ्नो कला प्रस्तुत गरेका छन् । ब्लकबस्टर फिल्म ‘एन्जिला’ बाट दर्शकको मन जितेका यी कलाकारहरूले यस भिडियोमा गुरुङ र मगर समुदायको भेषभूषामा सजिँदै कौडा नृत्य गरेका छन् । ईनोभ गुरुङ नृत्यमा कार्टुन क्रुजबाट प्रशिक्षण प्राप्त गरेका छन् भने अभिनयमा गिरिराज घिमिरेलाई आफ्नो गुरु मान्छन् ।
पढाइमा पनि उत्कृष्ट मानिएका उनले नाटक, भ्रमण, किताब पढ्न र नृत्य गर्न रुचाउने बताएका छन् । भविष्यमा कुशल कलाकार बन्ने सपना बोकेका ईनोभले यसअघि नै विज्ञापन, लघु फिल्म, स्टेज कार्यक्रम र फिल्ममार्फत आफ्नो प्रतिभा देखाइसकेका छन् । गीतमा पदम साधना कुलुङ र विजय मगरको शब्द, साहिल लिम्बू र रोजिना बस्नेतको स्वर र साहिलकै सङ्गीत रहेको छ । हेर्नुस् भिडियो ।

भिडियोलाई विजय मगरले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन सनम तामाङले गरेका हुन् । भिडियोमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगर पनि देखिएका छन् । निर्देशक मगरले बाल्यकालको प्रेमकथा प्रस्तुत गरेका यस भिडियोमा सुमिन र चाहनालाई रोमान्टिक जोडीको रूपमा देखाइएको छ । कोरियोग्राफी सन्जिला सुमित्राले गरेका हुन् ।
@parikalanewsofficial

















Discussion about this post