इटहरी/ फिल्म ‘ऐरी’को निर्माण कम्पनी र अभिनेता धिरज मगरबीचको विवाद अहिले चुलिएको छ । फिल्म निर्माण कम्पनी मल्टी म्याट प्रा.लि. ले धिरजविरुद्ध नेपाल चलचित्र निर्माता संघमा उजुरी दर्ता गर्दै करिब १४ करोड ७९ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको हो । कम्पनीले धिरजसँग गत वर्ष चैत्र १९ गते संझौता गरेको भए पनि उनले छायांकनमा समय नदिएको र गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएको छ ।
उजुरीपत्रमा धिरजले अग्रिम भुक्तानी लिए पनि सुटिङ स्थलमा महिनौंसम्म टिमलाई पर्खाइमा राखेको उल्लेख छ । यसले कम्पनीलाई लाखौं रुपैयाँ तत्कालीन निर्माणमा र करोडौं रुपैयाँ परियोजनामा घाटा पुगेको मल्टी म्याटको दाबी छ । त्यसैले अभिनेता मगरसँग १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गरिएको हो ।
कम्पनीका संचालक कमल बहादुर आले द्वारा दर्ता गरिएको उक्त उजुरीमा धिरजको गैरव्यवसायिक गतिविधिका कारण फिल्मको छायांकन प्रभावित भएको उल्लेख गरिएको छ । अब, निर्माता संघले यो मुद्दालाई कसरी निष्कर्षमा पुर्याउँछ भन्ने चासो सबैमा बढेको छ । प्रदीप खड्का, धिरज मगर र सोनम तोप्देन मुख्य भूमिकामा रहेका यस फिल्मका केही दृश्य ढोरपाटनमा छायांकन भइसकेका छन् भने अझै करिब साढे दुई महिनाको छायांकन बाँकी रहेको छ ।
@parikalanewsofficial














Discussion about this post