इटहरी/ नेपाली फिल्म क्षेत्रमा नयाँ इतिहास रच्न तयार भएको फिल्म ‘कोशेढुंगा’ टिमले ट्रेलर सार्वजनिक गरेको छ । भदौ १२ गते रिलिज हुने यो फिल्म नेपालसहित ४२ भन्दा बढी देशमा एकैसाथ प्रदर्शनमा आउँदैछ, जुन नेपाली फिल्म इतिहासमै पहिलो पटक हो । निर्देशक सरोज पौडेलले निर्देशन गरेको ‘कोशेढुंगा’को ट्रेलरमा प्रेम, त्याग, संघर्ष र सामाजिक अवरोधबीचको कथा देखाइएको छ ।
पैसाको शक्ति र चोखो प्रेमबीचको द्वन्द्व, वियोगका पीडा र जीवनप्रतिको हरेसले भरिएको ट्रेलरले दर्शकमा कौतूहल जगाएको छ । गाउँको परिवेश र परम्परागत सोचले पात्रहरूको जीवनमा पार्ने प्रभावलाई समेत जीवन्त रूपमा उतारिएको छ । सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतका कलाकारहरूले यो फिल्ममा अभिनय गरेका छन् । हेर्नुस् ट्रेलर ।
यस फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशिष अविरल, खेम सेन्चुरी तथा रिदम कँडेलको संगीत रहेको छ । नरदेवी फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् भने फिल्मको छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलमार्फत वितरण हुँदै गरेको ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई विश्वसामु नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post