इटहरी/ दर्शकको व्यग्र प्रतीक्षासँगै अब भदौ ६ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘माग्ने राजा’को टीम अन्तिम तयारी र प्रचार–प्रसारमा व्यस्त छ । काठमाण्डौका कलेज र सार्वजनिक स्थानमै पुगेर निर्माण टिमले प्रत्यक्ष रूपमा दर्शकलाई फिल्म हेर्न निम्त्याइरहेको छ, जसले फिल्मप्रति दर्शकको चासो अझ बढाउँदैछ । मंगलबार निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेको थियो ।
जहाँ अभिनेता केदार घिमिरे (माग्ने बुढा) र निर्देशक ऋषि लामिछाने उपस्थित रहे । विद्यार्थीहरूसँग भेटघाट गर्दै उनीहरूले फिल्म हेर्न आग्रह गरे भने माग्ने बुढाले गीत ‘म त सुतेर उठेको पैसामा’ मा विद्यार्थीहरूसँगै नृत्यसमेत प्रस्तुत गरे । यसअघि नै सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाइसकेको ‘माग्ने राजा’ सबै उमेर समूहले सहजै हेर्न सक्ने बनाइएको छ । मंगलबारदेखि सुरु भएको अग्रिम टिकट बुकिङले पनि प्रारम्भिक चरणमै राम्रो शो पाएको छ ।
निर्माण टिमको अपेक्षा अनुसार बुधबारसम्म देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्ममा बुकिङ खुलिसक्नेछ । ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरे निर्मित यस फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय देख्न सकिन्छ । साथै, आर्यन सिग्देल विशेष भूमिकामा प्रस्तुत हुनेछन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका कथा, पटकथा र संवाद सामीप्य राज तिमल्सेनाले लेखेका छन् ।
@parikalanewsofficial















Discussion about this post