इटहरी/ रोमान्टिक रंगमा रंगिएको लोकलयको गीत ‘बेला बितेसि’ सार्वजनिक भएको छ । यो संगै फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रचारप्रसारले व्यापकता पाउने देखिएको छ । आज सोमबार सार्वजनीक प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा तयार भएको यस गीतमा सपुतकै शब्द संगीत रहेको छ भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रेमिल प्रस्तुति देख्न सकिन्छ ।पवन सुस्लिङले खिचेको भिडियोलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई आकर्षित गराउन सक्छ । यसअघि यो फिल्मको सार्वजनिक पोस्टरले ध्यान तानेको थियो भने हाल सार्वजनीक गीतमार्फत पनि फिल्म प्रति दर्शकको पर्खाइ व्यग्र रहन सक्ने अपेक्षा गर्न सकिन्छ । हेर्नुस् भिडियो ।
दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको हो ।
फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको यस फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । संगीतमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुत रहेका छन् भने स्वरमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईलाई समावेश गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post