इटहरी/ भोजपुरी स्वादमा सजिएको गीत ‘लड्की गोरी’ सार्वजनीक गर्दै ‘अभिमन्यु : च्याप्टर–१’ निर्माण युनिटले फिल्मको प्रचारलाई झनै आक्रामक बनाउँदै गइरहेको छ । प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको शब्द, संगीत र स्वरमा बनेको यस गीतलाई विषम आचार्यले संगीत संयोजन गरेका छन् भने, आकर्षक आइटम डान्समा जुना सुन्दासले जादू छरेकी छन् ।
भिडियोको कोरियोग्राफी रोहन विश्वकर्माको रहेको गीतमा नेपाली भाषा प्रयोग भए पनि लय, नृत्य र माहोल भोजपुरी शैलीकै राखिएको छ । तराईको पृष्ठभूमिमा आधारित कथालाई जीवन्त पार्न तयार गरिएको यो डान्सिङ नम्बरले युवायुवतीबीचको आकर्षण र चाहलाई उजागर गर्छ । निर्माण टिमका अनुसार ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालीमा र असोज ६ मा हिन्दी भर्सनमा वर्ल्डवाइड रिलिज हुनेछ । हेर्नुस् भिडियो ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मले पैसाको प्रलोभनमा फसेर चक्रव्यूहबाट बाहिर निस्कने संघर्षको कथा बोल्छ । सुशान्त गौतमको निर्देशन डेब्यु रहेको यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।
मुकेश खनालको लेखनमा बनेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । मदन थापा क्रिएटिभ निर्देशक, जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डीओपी, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादन र मनोज श्रेष्ठ भिएफएक्समा छन् ।
@parikalanewsofficial














Discussion about this post