इटहरी/ लोकप्रिय पूर्वेली लोकदोहोरी गायिका अन्जु गौतमले आफ्नो चार वटा गीत पाँच महिनादेखि ब्लकमा परेको गुनासो सार्वजनिक गरेकी छन् । उनका अनुसार आफूले गाएको ‘तेर्हथुमे ढाका राम्रो’, ‘माला लाउनु फुलेको गाँसेर’, ‘लैबरी माया लै लै’ र ‘मिठा मिठा कुरा गर्दै’ बोलका गीत म्युजिक नेपालले रोकेको छ । आफ्ना गीतहरुलाई देश बाहिर बसेर म्युजिक नेपाललाई आग्रहगरी ब्लक गर्न लगाएको उनको भनाई छ ।
अर्थात्, अन्जुले यसको कारण अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रलाई ठहर्याउँदै, आफूले गाएको गीत उनीहरूको गीतसँग मिलेको भन्दै ब्लक गराएको आरोप लगाइन् । यो घटनाले आफूलाई ठूलो मानसिक पीडा मात्र होइन, दर्शक र श्रोतासम्म आफ्नो सिर्जना पुर्याउने अवसर पनि खोसिएको अन्जुले बताईन् । यस्तो पीडा कहिले सम्म सहनुपर्ने भन्दै ती गीतहरू सुनेर दर्शकलाई नै निर्णय गर्न अनुरोध गरेकी छन् । अरुण उपत्यकाका अध्यक्षसँग यसबारेमा मीटिंग बस्दा समेत आफूलाई केही थाहा नभएको जवाफ दिएको अन्जुको भनाई छ ।
@parikalanewsofficial
अन्जुले यो विषय बाहिर ल्याएको केही समयअघि लोकप्रिय पप गायक अनिल सिंहले म्युजिक नेपालको ज्यादतीबारे सार्वजनिक रुपमा बोलेका थिए । उनले सार्वजनिक रुपमा बोलेपछि अन्ततः न्याय पनि पाएका थिए । अनिलको आवाजसँगै सार्वजनीक भएको अन्जुको पीडाले कहिले मल्हम लगाउन पाउने हो, त्यो भने समयले बताउनेछ । तर, म्युजिक नेपालले स्रष्टाहरुलाई गर्ने ज्यादती र अन्यायको बिरुद्ध बेला बखत आवाज उठ्दै आइरहेको छ ।














Discussion about this post