इटहरी/ लिम्बु समुदायको आस्था, संस्कार र दर्शनलाई केन्द्रमा राखी निर्देशक प्रकाश सुब्बाले निर्माण गरिरहेको नेपाली फिल्म ‘मुन्धुम’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फक्तालुङ फिल्म्सको ब्यानरमा तयार भइरहेको यस फिल्मको छायांकन नुनढाकीदेखि ताप्लेजुङको फक्तालुङसम्म गरिएको हो ।
लेखन र निर्देशन प्रकाश सुब्बाकै रहेको फिल्ममा पूर्ण लिम्बू, सन्जु लिम्बू, प्रेम सुब्बा, विजय सन्योक सुब्बा, राज काउचा, अप्सरा शेर्मा, बिनिता राई सुब्बा, राजकुमार आङ्दाङ्बे, नारायण ल्वागुन, बिनिता लिम्बू, सागर केरुङ र सागर सिङल मुख्य भूमिकामा छन् ।

लेखक तथा निर्देशक सुब्बाको अनुसार यो फिल्म ‘मुन्धुम’ मार्फत याक्थुङ (लिम्बु) समुदायको विश्वास प्रणाली र सांस्कृतिक दर्शनलाई पर्दामा उतार्ने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक पश्चात अब चाँडै फिल्मका अन्य सामग्रीहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिने सुब्बाले बताए ।
@parikalanewsofficial
यो फिल्मको प्रोडक्शन डिजाइन राज थापा काउचाले गरेका छन् भने मुख्य सहायक निर्देशनमा धड्कन लिम्बू, सहायक निर्देशनमा अस्मिता लावती, कला निर्देशनमा रुपक जिमी र छायांकनमा गङ्गाराम राई रहेका छन् । यो फिल्मको प्रोडक्शन कन्ट्रोलर टिका कार्की र एक्जिक्युटिभ प्रोड्युसर आयुब केसी हुन् ।














Discussion about this post