इटहरी/ आमा-छोराको भावनात्मक कथालाई केन्द्रमा राखेर निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा’मा अब टिकटक स्टार उषा उप्रेती पनि देखिने भएकी छन् । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेर लोकप्रिय बनेकी उनले यसअघि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्ने फिल्म ‘आचार्य’ मा अनुबन्ध गर्दै फिल्म क्षेत्रमा प्रवेशको तयारी गरिरहेकी थिइन् ।
अब भने उनले दोस्रो प्रोजेक्टको रूपमा ‘आ बाट आमा’ मा काम गर्नेछिन् । निर्माण टिमका अनुसार फिल्ममा उषा प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा देखिनेछिन्, तर उनको चरित्रबारे विस्तृत विवरण अहिले सार्वजनिक गरिएको छैन । चन्द्र पन्तको निर्देशनमा बन्ने यस फिल्ममा विपना थापा, पल शाह, सिमरन पन्त र दक्षिण भारतीय अभिनेता प्रदीप रावतको समेत अभिनय रहनेछ ।

प्रदीप र विपना श्रीमान-श्रीमतीको भूमिकामा देखिनेछन् भने पल शाह उनीहरूको छोराको रूपमा प्रस्तुत हुनेछन् । प्रदीप र विपनाले यसअघि ‘ह्रस्व दीर्घ’मा सँगै काम गरिसकेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘आ बाट आमा’ को छायांकन भदौ अन्तिमतिर सुरु हुने र फागुन १५ गते प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । फिल्मले आमा र छोराबीचको गहिरो माया, सम्बन्ध र संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ ।
@parikalanewsofficial














Discussion about this post