इटहरी/ दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु अभिनीत नेपाली फिल्म ‘मिरमिरे’ को छायांकन ३५ दिनमा पूरा भएको छ । यम शेर्पाको निर्देशनमा बनेको यस फिल्मको सुटिङ काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा सम्पन्न भएको हो । अब मात्र एउटा गीतको छायांकन बाँकी छ, जसलाई समयअनुसार खिचिने निर्देशक शेर्पाले बताएका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ आगामी माघ १ गते प्रदर्शनमा आउँदैछ ।
नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर निर्माणपक्षले केही दिनअघि नै रिलिज मिति सार्वजनिक गरेको हो । फिल्ममा दयाहाङ, प्रकाश र सिर्जनासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साथै बाल-कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय रहनेछ । कथा स्वयं निर्देशक यम शेर्पाले लेखेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन् ।

निर्माणतर्फ निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् । सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर, कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल, लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन् । मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप आर्टिस्ट सञ्जु थलाङ लिम्बू र निर्माण नियन्त्रक दिलीप पन्त हुन् । ‘मिरमिरे’को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
@parikalanewsofficial














Discussion about this post