इटहरी/ दयाहाङ राई र रिश्मा गुरुङको चर्चित जोडीलाई पुनः एकै पर्दामा देखाउने फिल्म ‘रिमै’को शीर्षक गीत सार्वजनिक भएको छ । खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो फिल्म भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना र कम्पोज रहेको छ भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) ले स्वर दिएका छन् ।
गुरुङ सांस्कृतिक परिवेशमा तयार भएको गीतको भिडियोमा दयाहाङ राई, रिश्मा गुरुङसँगै अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । लामो समयपछि ‘काजी र मैया’को जोडी पर्दामा फर्किँदै भएकाले दर्शकको उत्साह अझ बढेको छ । हेर्नुस् भिडियो ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको ‘रिमै’मा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ तथा बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय छ ।
उपेन्द्र सुब्बाले लेखेको कथा शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरबल घले कार्यकारी निर्माता हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता रहेका छन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, बिष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
@parikalanewsofficial














Discussion about this post