इटहरी/ जातीय पहिचान र सांस्कृतिक विविधताको संवेदनशील कथालाई प्रेमकथासँग गाँसेर तयार गरिएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । पछिल्लो समय फिल्म वितरणमा अग्रणी भूमिका खेल्दै आइरहेको कुबेर सिने डिस्ट्रीब्युटरले यसको नेपालभर वितरणको जिम्मा लिएको छ ।
बुधबार फिल्मका लेखक, निर्माता तथा निर्देशक भीम लामा र कुबेरको तर्फबाट पुष्कर घिमिरे तथा प्रदीप धामीबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो । फिल्मको हालसम्म २ ओटा पोष्टर सार्वजनिक भएको छ । भीम लामा फिल्मस्को ब्यानरमा बनेको यस फिल्ममा प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङ मुख्य भूमिकामा छन् ।

साथै करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बुलगायत कोशी प्रदेशका दर्जनौँ कलाकारको अभिनय रहेको छ ।
@parikalanewsofficial
यो फिल्मको अहिले डबिङको कार्य धमाधम भइरहेको छ । बुधबार अभिनेत्री करिश्मा मानन्धरको डबिङ सम्पन्न भएको निर्माण युनिटले जनाएको छ । फिल्मलाई सम्पादन रमेश विश्वकर्माले गरिरहेका छन् भने नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बुले सम्हालेका छन् । एक्सन निर्देशन देव महर्जन र छायांकन मदन घिमिरे कायस्थले गरेका छन् । लडाइँ पहिचानको फिल्मको निर्मातामा भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन् ।














Discussion about this post