इटहरी/ तीज आउन अब २ साता मात्रै बाँकी छ । तर पनि तीजका गीतहरू भने २ महिनाअघि देखि सार्वजनिक हुन थाल्छन् । यता तीजलाई विशेष गरी सम्झाउने गीत भने भर्खरै सार्वजनीक भएको छ । चर्चित लोकगायिका विष्णु माझीको स्वरमा आफ्नो नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेर तीजको आगमनलाई झनै रौनकिलो बनाईएको छ ।
उनी सार्वजनिक रुपमा नदेखिएको वर्षौ भयो । तर, उनले हरेक वर्ष तीजमा गीत सार्वजनीक गर्छिन् । बुधबार बिहान युट्युबमार्फत आएको यो गीत ‘पुतलीको भट्टी’ श्रृंखलाको २१औं भाग हो, जसमा सधैंझैं उनका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । हेर्नुस् भिडियो ।
यसपटक पनि गीतले छोरीको पीडा र लैंगिक विभेदजस्ता संवेदनशील विषयलाई मार्मिक ढंगले उतारेको छ । वर्षेनीझैँ तीजको प्रतीक्षामा रहने उनका प्रशंसकहरू गीत सार्वजनिक भएसँगै उत्साहित बनेका छन् । सार्वजनीक भिडियोमा गत वर्षको ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन् ।
@parikalanewsofficial
उनी पनि पछिल्लो समय विष्णु माझीको तीज गीतमा मात्रै देखिन थालेकी छन् । गतवर्ष माझिकै तीज गीतमा देखिएकी उनी त्यसपछि हराएकी थिइन्, अहिले पुनः माझीकै गीतमा देखिएकी छन् । यस्तो किन भइरहेको छ भन्ने कुरा भने रहस्यमै सिमित छ । हालै सार्वजनिक गीतमा ६० जना कोरस डान्सर हरु रहेका छन् । यो भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने छायांकन शम्भु चालिसेले र सम्पादन प्रविन भट्टले गरेका हुन् ।














Discussion about this post