इटहरी/ नेपाली फिल्म क्षेत्रमा नयाँ चर्चा बटुल्न तयार फिल्म ‘पार्वती’ को पोष्टर र रिलिज मिति तय भइसकेको छ । यसैक्रममा निर्देशक नीता ढुंगानाले फिल्मको मुख्य कलाकारको रूपमा दीपाश्री निरौलालाई औपचारिक रूपमा अनुबन्ध गरेकी छिन् ।
नीताका अनुसार, ‘हामीबीच सल्लाह सुझाव चलिरहेको थियो र मौखिक रूपमा हामी ओके थियौं। तर मंगलबार औपचारिक सहमति भएको हो। मेरो प्रोजेक्टमा दीदी हुनु मेरो लागि ठूलो कुरा हो।’
दीपाश्रीले यस अवसरमा आफ्नो खुशी व्यक्त गर्दै १२ वर्षअघि नितासँगको सहकार्य सम्झिइन् । उनले १२ वर्षअघि ‘छ एकान छ’ मा आफ्नो टिमलाई सहयोग गरेको स्मरण गर्दै १२ वर्षपछि खोलो फर्कियो भनेजस्तो भएको बताईन् ।
@parikalanewsofficial
यो फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । लगानीमा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले गरेका छन् । हाल फिल्मका अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।














Discussion about this post