इटहरी/ आफ्नो छोरा २ वर्षको हुँदा घर छोडेकि पुर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले घर छाडेको ४ वर्षपछि आफ्ना श्रीमान रियान श्रेष्ठसंग डिभोर्स गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीले संचालन गर्दै आएकी पडकास्टमा अतिथि बनेर पुगेकी उनले यो कुरा खुलाएकी हुन् । उनको सम्बन्ध विच्छेद भएको कुरा अहिले सम्म बाहिर आएको थिएन् ।
एक-अर्कासंग अलग भएको २ वर्षपछि उनले यो कुरा बताएकी हुन् । उनको अनुसार आफ्नो नानी सानै हुँदा आफुहरु जहिले एकअर्कासंग झगडा पर्थ्यो । त्यसपछि उनले छोरा दुई वर्षको हुँदा घर छाडेकी थिइन् । आफुलाई निकै गाह्रो भएपछि यस्तो निर्णय आफु एक्लले गरेको र सो बेला परिवारले समेत आफ्नो निर्णयलाई नस्विकारेको उक्त पडकास्टमा बताएकी छन् ।
अहिले उनको सो निर्णयलाई ३/४ वर्षको अन्तरालमा परिवारले स्विकारेको समेत खुलाएकी छन् । एकअर्का बिचको सम्बन्ध बिग्रिए पनि पुर्व श्रीमान र उस्को परिवारसंग कहिले पनि अलग नबनाउने उनको भनाइ छ । समझदारीमै आफुहरुले सम्बन्ध विच्छेद गरेको र सो निर्णय लिदा आफुले केही नलिएको सुब्बाले बताइन् ।
Discussion about this post